घोराही, चैत ५ । देउखुरीको गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका इवराज यादव बिजयी भएका छन । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको एक सय १३ मतमध्ये ६३ मत प्राप्त गरेर यावद बिजयी भएका हुन ।
स्ववियु सभापतिमा अखिल ९क्रान्तिकारी०का गोविन्दप्रसाद यादव ४१ मत र अखिल ९क्रान्तिकारी० बैद्यका बिशाल यादवले चार मत प्राप्त गरेर पराजित भएका छन ।
त्यसैगरी सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का ७० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिए ।
सचिवमा अखिल छैठौका पुष्पा धिताल ३८ मत प्राप्त गरेर पराजित भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव बिजयी भएका छन भने नेविसंघका सुदीप बुढाथोकी पराजित भए ।
बिजयी यादवले ७९ मत प्राप्त गर्दा पराजित बुढाथोकीले ३१ मत मात्रै प्राप्त गरेको निर्वाचनअधिकृत खनालले जानकारी दिए ।
सदस्यमा नेविसंघबाट टिका चौधरी, यमुना सुवेदी र अखिल छैठौबाट मनिषा उपाध्याय बिजयी भएको निर्वाचन अधिकृत खनालले जानकारी दिए ।
जनता बहुमुखी क्याम्पस गढवामा १ सय ७९ मतदाता रहेकोमा १ सय १३ मत खसेको थियो ।