२०८१ असोज ४ गते शुक्रवार

जलुकेको उत्खनन क्षेत्रमा प्राबिधिक टोलिद्वारा अनुगमन

बालकृष्ण पाण्डे,
हापुरे, चैत १४ । बबई गाउँपालिका वडा नं. ५ जलुकेको नदीजन्य पदार्थ उत्खनन स्थलको प्राबिधिक टोलिले अनुगमन गरेको छ । विहीवार प्राबिधिक टोली, स्थानीय र गाउँपालिकाका जनप्रतिनिधि सहितको टोलिले नापजाँच गरेको हो ।
नापजाँचको प्रतिबेदन जिल्ला समन्वय समितिमा बुझाउने जिल्ला समन्वय समितिका प्राबिधिक रामकुमार आचार्यले बताए ।

प्राबिधिक टोलिले नदीजन्य स्थलको सिमाना समेत निर्धारण गरेको छ । केही दिन अघिदेखि उक्त क्षेत्रमा उत्खनन्को सवालमा विवाद भएपछि उत्खनन्मा रोक लगाइएको छ । नाप जाँच गर्दा त्यहा स्थिति ढुङ्गागिट्टी उत्खनन क्षेत्र प्रारम्भिक बाताबरणिय प्रभाब मुल्यांकन अनुसार भए नभएको पछि मात्रै सार्वजनिक हुने भएको छ ।

जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतको संयोजकत्वमा,सुभद्रा भण्डारी,शवओभर सियर रामप्रसाद आचार्य, झकबहादुर बिक ,जिल्ला समन्वय समितिका प्रेस संयोजक इन्द्र डिसी तथा बबई गाउँपालिकाका प्रबक्ता टन्कराज बिश्वकर्मा,वडा नं. ५ का अध्यक्ष डम्बरबहादुर श्रीस ,इलाका प्रहरी कार्यलय हापुरेका प्रमुख नेबबहादुर ओली , शब ओभर सियर होमराज ओली, रेडियो हापुरेका स्टेशन म्यानेजर अर्जुन परियार लगायत अनुगमन र नाप जाँचमा गएका थिए ।

अबलोकनका क्रममा प्रारम्भीक बाताबरणिय प्रभाब मुल्यांकन र ठेक्का टेण्डर अनुसार नै काम भएको प्राबिधिक टोलिको प्रतिबेदनमा उल्लेख गरिएको छ । केही दिन अघि उक्त क्षेत्रमा अबैध उत्खनन भएको भन्दै स्थानियले नापजाँच तथा अनुगमन गर्न जिल्ला अनुगमन समितिलाई अनुरोध गरेका थिए ।

सोही बमोजिम जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीको संयोजकत्वमा जिल्ला बाट अनुगमन समितिको टोली पुगेको थियो ।

यो पनि पढ्नुहोस 

जलुकेमा अवैध उत्खनन्

बबईमा बालुवा गिट्टीको विवाद फेरि उत्कर्षमा

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *