२०८२ चैत्र ३० गते सोमवार

एकीकृत समाजवादीको महासचिबमा घनस्याम भुसाल मनोनीत

काठमाडाैँ,चैत ५ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता घनश्याम भुसाललाई महासचिव पदमा मनोनीत गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको बताए।

उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताए।

उपमहासचिव खतिवडाले भने, ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ। यो सर्वसम्मत निर्णय हो।

पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ। केन्द्रीय सचिवालय सदस्यको संख्या १९ गरिएको छ।’

उनले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताए।

सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको उनले स्पष्ट पारे।

 

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *