२०८३ बैशाख ३ गते बिहिवार

दाङका ४ क्याम्पसमा स्ववियु निर्वाचन जारी

तुलसीपुर,चैत ५ । दाङका ९ सरकारी तथा सामुदायिक क्याम्पसहरूमध्ये आज चार क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी छ ।

चार क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ भने र एक क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डी, देउखुरी बहुमुखी क्याम्पस लमही, जनता बहुमुखी क्याम्पस गढवा र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयामा बिहान ८ बजेदेखि मतदान जारी छ ।

आयुर्वेद विद्यापिठमा १९७, देउखुरी बहुमुखीमा १११९, जनता बहुमुखीमा १७९ र ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ६७४ मतदाता रहेर्को एसपी वलीले जानकारी दिए ।

यसैबिच महेन्द्र बहुमुखी क्याम्पस घोराही, विश्वविद्यालय विद्यापिठ बेलझुण्डी, जनता विद्यापिठ बिजौरी र राप्ती बबई क्याम्पस तुलसीपुरमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको एसपी वलीले जानकारी दिए ।

तीमध्ये महेन्द्र बहुमुखी क्याम्पस घोराहीले चैत ८ मा निर्वाचन गर्ने निर्णय गरेको छ भने अन्य क्याम्पसमा अझै केही टुंगो लागेको छैन । पुरन्धारा बहुमुखी क्याम्पस हंशपुरमा भने सहमतिका आधारमा नेतृत्व चयन भएको छ । सहमतिबाट पूरै कार्यसमितिमा महिला चयन भएका छन् ।

नेपाल विद्यार्थी संघकी गोमा वली सभापति, अनेरास्ववियुकी गोमा केसी उपसभापति, अनेरास्ववियुकी कविता वली सचिव, अनेरास्ववियुकै अञ्जु केसी सहसचिव र अखिल क्रान्तिकारीकी भीमाकुमारी खड्का कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा अनेरास्ववियुबाट हिरा वली, सञ्जु केसी, लक्ष्मी वली, नेविसंघबाट टीका वली, पूजा डाागी र स्वस्तिका घर्ती निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *