२०८२ असार ५ गते शुक्रवार

दाङका ४ क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुँदै

तुलसीपुर,चैत ५ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।

त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ४ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेकाे हाे।

बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको हो। निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ।

यस अवधिमा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रक्रिया पूरा गरी मतदान गर्न पाउनेछन्।

आज दाङको देउखुरी बहुमुखी क्याम्पस र आदर्श ऐरावति बहुमुखी क्याम्पस लालमटियामा चुनाव हुँदैछ। क्याम्पस स्रोतका अनुसार निर्वाचनअन्तर्गत मतदानका लागि तयारी पूरा भइसकेको छ।

यसैगरी, देउखुरी बहुमुखी क्याम्पसमा पनि चुनावको चहलपल बढेको छ। यतिबेला मतदानस्थलमा विद्यार्थी पुगेका छन् भने गढवा बहुमुखी क्याम्पसमा पनि चुनावको तयारी भइरहेको छ।

विवादका कारण आज निर्वाचन गर्न नसकेको महेन्द्र बहुमुखी क्याम्पसले यही चैत्र ८ गते निर्वाचन हुँदैछ। बाँकी क्याम्पसमा भने विवाद सल्टाएर मात्रै समय निर्धारण गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *