तुलसीपुर, चैत ५। तुलसीपुर चेम्बर अफ कमर्शको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।
शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच दोश्रो साधारणसभाको उदघाटन नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले दाङ जिल्ला पर्यटकीय तथा धार्मीक दृष्टिकोणले भरिपूर्ण जिल्ला भएको भन्दै चर्चा गरे । यस क्षेत्रको विकासका लागि तुलसीपुर एयरपोर्ट महत्पूर्ण भएको भन्दै एयरपोर्टको विकासका लािग लागि सवै लाग्नु पर्ने बताए ।
“तुलसीपुरमा रहेको एयरपोर्टको विस्तार हुन जरुरी छ,यसले नै सवै क्षेत्रलाई जोडने छ,उनले भने ।”
उनले यही एयरपोर्टलाई विकास गर्न सकिन्छ वा अन्य क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सवैको बहस हुनुपर्ने बताए । एयरपोर्टको विकास भयो भने लम्विनी प्रदेशको उन्नती हुने तर्क गरे ।
त्यस्तै उनले स्थानीय स्रोत र साधनमा आधारीत उद्योगहरु सञ्चालन गरि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए।
‘यहाँको स्रोत साधनलाई प्रयोग गरि स्थानीय सरकार संगको साझेदारीमा ससाना उद्योगहरु सञ्चालन गर्नुहोस त्यसको बजारी करणका लागि हामी लाग्ने छौं –मल्ले भने ।
उनले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा आफुहरुले बजारीकरणका लागि पहल गर्ने बिस्वास दिलाए ।
पछिल्लो समयमा अर्थतन्त्रमा केहि समस्या आएको भन्दै यसलाई सफल र अर्थतन्त्रलाई माथि उठाउन सवै लाग्नुपपर्ने बताए । उनले बैंकहरुले पनि व्याज बढाएको भन्दै यसलाई घटाउन पहल भई रहेको बताए ।
‘राष्ट्रि बैंक, राष्ट्रिय योजना आयोग तथा केहि सस्थाहरुको समन्वय नहुँदा केहि समस्या भएको बताए । उनले सवैलाई बाचन दिने गरि सरकार व्यवसायी लाग्नुपर्ने बताए।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा दाङका वरिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी सुशील बैध निजि क्षेत्रको सहकार्य बाट देशमा आर्थिक समृद्धि हुने भन्दै राज्य र निजी क्षेत्रले एकताले देशको विकास हुने बताए ।
त्यस्तै उनले व्यवसायीहरु पनि आफ्नो नीति नियममा रहेर अगाडी बढनुपर्ने भन्दै राज्यले व्यवसायीक सुरक्षा दिने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खडकाले कोरोनाका कारण मुलुकको अर्थतन्त्र बलियो हुन नसकेको भन्दै ब्यापार ब्यबसाय खसकिएको बताए ।
‘आर्थिक उत्पादन नहुँदा कारोवार हुन सकेको छैन् यस बर्ष पनि आर्थिक बृद्धि हुन कठिन छ,मेयर खड्काले भने।’
त्यस्तै चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महराले ब्यबसायमा आर्थिक चलायमान भएको भन्दै देशको आर्थिक अवस्था निकै कम्जोर भएको भन्दै उद्योगी ब्यबसायीहरुले आर्थिक चपेटामा परेर बताए ।
उनले बैकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था भएको भन्दै विभिन्न कारणले आत्महत्या देखि विदेश पलायन हुनेसम्म भएको बताए ।
‘ यो आम ब्यबसायीको पिडा हो,राज्यले तोकेको लगाएको नियम अनुसार कर कार्यालयहरुले राजश्व तिरेकै छन् ,उनले भने ।’ उनले बैंकले व्याज बढाउदा धेरै र घटाउदा थोरै घटाउने गरेको बताए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित प्रमुख राजेन्द्र भण्डारीले यस क्षेत्रको आर्थिक सामाजिक बिकासका लागि सस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए ।
उनले नीति नियमअनुसार आफुहरुले व्यवसायीहरुलाई कर अशुलीका लागि पत्राचार खवर गरेको भन्दै अन्य कुराहरु नभएको बताए।
तुलसीपुर उधोग बाणिज्य सघका उपाध्यक्ष रुप बहादुर खत्रीले तुलसीपुरमा रहेको एयरपोर्ट सञ्चालन भएपनि यसको विकास र विस्तार हुन नसकेको बताए ।
आम ब्यापार ब्यबसाय धरासय बन्दै गएको अबस्थामा सम्पूर्ण ब्यबसायीहरु एकताबद्ध भएर जानु पर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग ब्यापार संगठनका अध्यक्ष घनस्याम डाँगी, नेपाल उद्योग बाणिज्य ब्यबसाय महासंघ तुलसीपुरका अध्यक्ष होताराम आचार्य योग प्रशिक्षक डा अनुप कुमार श्रेष्ठ तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, नेकपा माओवादीका प्रेम वली ,तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष यमकान्त भण्डारी , प्रजातान्त्रिक उद्योग ब्यबसायी सघका अध्यक्ष जनक प्रसाद खराल, व्यवसायी गोकर्ण गिरी, तुलसीपुर नगरजेसीजका अध्यक्ष शालिकराम वली, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम ,राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बुढाथोकी , पतञ्जली योग समिति तुलसीपुरका बामदेब धिताल लगायतले बोलेका थिए ।
कार्यक्रममा तुलसीपुर
चेम्बर अफ कमर्शका उपाध्यक्ष बेनु अधिकारिले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सहजीकरण महासचिब प्रेमप्रकाश गिरीले गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नागरिक केयर हस्पिटल तुलसीपुरले निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।