२०८० मङ्सिर २१ गते बिहिवार

चैत ८ गते हुने भयो घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन

दाङ,  चैत ४ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।

चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन परिचय पत्र बिबादका कारण तीन दिन पछि सारिएको हो ।

विप्लव निकटको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रशासन दाङबीच चैत ५ गते गर्ने तयारी गरिएको स्ववियु निर्वाचन रोकेर ८ गते गर्ने सहमती भएको हो ।

सोही आरोपसहित गत मंगलबार अखिल (क्रान्तिकारी)ले क्याम्पसको मुल गेटमा ताला लगाएको थियो ।

अनाधिकृत रुपमा परिचयपत्र बनाउने कार्यमा क्याम्पस प्रशासनको समेत मिलेमतो रहेको उस्को आरोप थियो ।

शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच शुक्रबार भएको छलफल पछि चैत ५ गतेको निर्वाचन रोकेर ८ गते गर्ने सहमती भएको हो ।

 

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *