काठमाण्डौ,चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन ।
शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।
प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए । उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत
६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु ।’
प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको दाबी पनि गरे ।
प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार