तुलसीपुर,चैत ३ । तुलसीपुर ६ बरुवागाउँ स्थित ज्ञान दीप कलेजको स्ववियु सभापतिमा नेविसंघका सुदिप नेपाली निर्विरोध चयन भएका छन ।
त्यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारी “विप्वल” का कमला चन्द ठकुरी, सचिबमा अखिलका झरणा आरसी,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका प्रविण योगीलाई चयन गरिएको छ ।
त्यस्तै सहसचिबमा अखिलका करुणा परियार, सदस्यहरुमा भाष्कर बुढाथोकी, दीपा वली, विभुती वली, राजेश गौतम, दिपक डाँगी,विवेक भट्टराई,रेजिना मास्की, कोपिला चन्द ठकूरी र सिया भण्डारीलाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार