२०८१ मङ्सिर २७ गते बिहिवार

उपराष्ट्रपति नन्दबहादुर पुनले छाडे सरकारी निवास

काठमाडौँ,चैत २ । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाडी निजी निवासमा सरेका छन्। आफ्नो कार्यकाल पूरा गर्दै उनी उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन्।

उनको निजी निवास चन्द्रागिरी नगरपालिका-१ दहचोकमा छ। उपराष्ट्रपतिको निर्वाचनअगाडि नै पुनले निवास छाडेका हुन्। भोलि उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र नागरिक उन्मुक्ति पार्टीकी ममता झा उम्मेदवार रहेका छन्। यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छन्।

 

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *