२०७७ कार्तिक ५ गते बुधवार

हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु

 

अल्माटी, चैत १४ । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिएका छन ।

एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ ।

गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *