२०८३ बैशाख २ गते बुधवार

चैत ७ गते लुम्बिनी प्रदेश सभा बैठक आह्वान

दाङ,चैत २ । लुम्बिनी प्रदेशको पहिलो अधिबेशनको सातौं बैठक चैत ७ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश सभामुख तुलाराम घर्ती मगरको निर्देशन अनुसार चैत ७ गते दिउँसो १ बजे बैठक बस्ने गरि आह्वान गरिएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बुधबार सार्वजनिक सूचना मार्फत त्यसबारे जानकारी दिएका छन् ।

सोही बैठकमा नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजबादी पार्टी लगाएत सत्ता साझेदार दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने संभावना रहेको छ । हाल लुम्बिनीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य लिला गिरी मुख्य मन्त्री छन् ।

गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २८ मा शपथ लिएका थिए। मुख्यमन्त्री नियुक्तिको एक महिनापछि मात्रै उनले मन्त्रिपरिषद विस्तार गरेका थिए।

 

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *