काठमाडौं, चैत १ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी,(जसपा) नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहेका जसपा, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा।प्रकाशशरण महतले बताए।
उनले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताए।
उनले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पुर्याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताए।
उनले भने,’नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसदका माननीय एवं प्रदेश सभाका मान्य सदस्यहरुलाई मान्य रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन गर्ने। २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पुर्याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने ।’