२०८२ असार ७ गते आइतवार

उपराष्ट्रपति निर्वाचनका लागि मध्यरातिदेखि मौन अवधि सुरु

काठमाडौं, चैत १ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ।

चैत्र- ३ गते शुक्रबारका लागि तय भएको निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि लागू भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मौन अवधिमा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन्।

यसैगरी यस अवधिमा आचारसंहिता विपरीत प्रेस विज्ञप्ति निकाल्न, वक्तव्य दिन, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि पाइनेछैन।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन्।

सुरुमा उम्मेदवारी दिएकी जसपाकी प्रमिला कुमारी यादवले भने आफूले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेकी छन्। यद्यपि उनले अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकाले आयोगको रेकर्डमा उनको पनि उम्मेदवारी कायमै रहेको देखिन्छ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *