२०८२ असार ६ गते शनिवार

काँग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न सकिदैन ः योगेश भट्टराई

शंकर केसी, सल्यान, फागुन २८ । नेकपा एमालेका सचिव योगेश भट्टराइले वहुलवाद आफुहरुको प्रतिवद्धता भएको बताएका छन् ।

पार्टी सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत शनिबार सल्यान सदरमुखम खलंगामा आयोजित जिल्लास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिने धारणा राखे ।

‘अव प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व गरे पनि माओवादी पार्टी उकालो लाग्ने कुनै आधार छैन,’ उनले भनेका थिए ‘ माओवादी तीब्र गतिमा ओरालो लागिरहेको छ ।’

पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराइले अहिले पुजीवादी वर्ग र श्रमजीवी वर्गको मुख्य प्रतिष्पर्धा रहेको भन्दै समाजवादी पार्टी र पुजीवादी पार्टीको प्रतिष्पर्धा थप पेचिलो बन्ने बताए ।

उनले नेपाली काँग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न नसकिने तर्क गरे । माओवादीले काग्रेसलाई पछार्न नसक्ने भन्दै उनले एमालेलाई नै बलियो बनाउन जरुरी रहेको बताएका थिए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *