२०८३ बैशाख ६ गते आइतवार

स्ववियु चुनावको लागि उम्मेदवारी दर्ता आज

काठमाण्डाै,फागुन २७ । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुँदैछ ।

सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

चुनावमा सत्ता साझेदार दलका विद्यार्थी सङ्गठनहरुले तालमेल गरेका छन् भने एमाले निकट अनेरास्ववियुले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *