२०८३ बैशाख ४ गते शुक्रवार

आयोगले राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले आज राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले हिजो भएको चुनावको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो सोमवार शपथ ग्रहण गर्दै छन । राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि आइतवार कार्यकाल सकिने भएकाले पौडेलले सोमवार शपथ ग्रहण गरेपछि पद सम्हाल्ने छन ।

नौ दलीय गठबन्धनको साथमा पौडेल हिजो राष्ट्रपतिमा निर्वाचित भएका हुन। उनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत दिएका थिए ।

यसैबीच, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बिहान पशुपति र गुह्वेश्वरी मन्दिरको दर्शन गर्ने भएका छन ।

बिहान पौने ९ बजे उहाँ पशुपति जाने कार्यक्रम रहेकाले त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । अहिलेको निवास काठमाण्डौको बोहोराटारदेखि चक्रपथ हुँदै उनी पशुपति पुग्ने छन ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *