२०८२ असार ४ गते बिहिवार

राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

काठमाडौं, फागुन २६ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्।

आज बिहान ८ बजे सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न उनको निजी निवास बोहराटार जाने स्रोतले जनाएको छ।

यसपछि आज बिहान ९ बजे राष्ट्रपति पौडेल पशुपतिनाथ पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको छ।

राष्ट्रपति पौडेल आजै सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। पौडेल बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *