२०८२ चैत्र ३० गते सोमवार

कांग्रेस दाङ क्षेत्र नं. १ को प्रथम क्षेत्रीय सम्मेलन

शिवराज खनाल,देउखुरी फागुन २० । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोर सिह राठोरले लोकतन्त्रको रक्षा र सबिधानको कार्यान्वयनका लागी गठबन्धन अहिलेको एक मात्र बिकल्प भएको बताएका छन ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को प्रथम क्षेत्रिय सम्मेलनलाई शनिवार दाङको लमहीमा सम्बोधन गर्दे उनले यस्तो बताएका हुन ।

लोकतन्त्रको रक्षाका लागि कांग्रेसले २०४६ साल देखि कम्युनिष्टहरुसग गठबन्धन गर्दे आएकोले यसलाई तार्किक निश्र्कषमा पुर्‍याउन अहिले पनि गठबनधन गर्नुपरेको र यो नौलो बिषय नभएको नेता रोठोरले बताए ।

चियापसल देखि चोक चौराहामा आफ्नै नेतालाई गाली गर्दे हिड्ने र पार्टि आफ्नै पाकेटको हो भन्ने जस्तो ठेकेदारी पाराले कांग्रेस बलियो हुन नसक्ने भन्दै कांग्रेस बलियो बनाउनका लागि नेता कार्यकर्तालाई सच्चिन आग्रह गरे ।

नेपाली कांग्रेस लहडमा आएको पार्टि नभर्इ लामो ईतिहास बोकेको पार्टि भएकोले कांग्रेसका नेता कार्यकर्ताहरुले काङग्रेशको र्इतिहास जोगाउन र पार्टिलाई बलियो बनाउन वडास्तर देखि सगठन सुदृढिकरण र बिस्तारको काममा लाग्न आबश्यक भएको बताए ।

नेपाली काङ्ग्रेसका काङग्रेश सदस्य योगेन्द्र चौधरीले नेतृत्व लिन खोज्नेले संगठन निर्माणमा ध्यान दिनु पर्ने बताए । राजनीतिक मन्त्री, नेता सांसद बन्नका लागि मात्र नभएर देश र जनताको मुहार फेर्नका लागि लागिपर्नुपर्ने बताए ।

त्यस्तै अर्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले कांग्रेसको क्रियाशिलताप्रती सबै गम्भीर हुन जरुरी रहेको बताए ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संविधानप्रती हुने घात प्रतिघात प्रती सचेत हुन कांग्रेसका कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेस गढवा गाउँपालिका –६ का वडा सभापति हुकुमराज यादव, भुमि आयोग अधिकार मंचका केन्द्रीय कार्यबाहक अध्यक्ष मेघ बहादुर विसी, मुस्लिम संघका केन्द्रीय सदस्य नवाफ अलि, जिल्ला समन्वय समिति दाङका सदस्य कुल बहादुर बुढा, लुम्बिनी प्रदेशका प्रदेश सदस्य श्यामु सुनार, नेपाली कांग्रेस नगर सभापति सन्तोष बुढाथोकी, पुर्व क्षेत्रीय सभापति बासुदेव जंगली, दाङ २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत, जिल्ला सभापति शंकर प्रसाद डाँगी, पुर्व जिल्ला सभापति मोहनलाल वली, पुर्व सांसद सुशिला चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक जन्मजय तिमिल्सिना लगायतका नेताहरुले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको विषयवस्तुमाथी नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले गरेका थिए ।

१४ औं महाधिवेशन पछि पार्टीले गरेका काम कारबाहीका बारेमा वार्षिक प्रतिवेदन क्षेत्रीय सचिब खेमराज चौधरीले प्रस्तुत गरेका हुन भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गरेका थिए ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर १ अन्तरगतका नेता कार्यकर्ता भातृ संघसंगठन काङ्ग्रेसका शुभचिन्तक लगाएतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *