२०८३ बैशाख ३ गते बिहिवार

सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरू पनि सहभागी हुने

काठमाडौँ,फागुन १७ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगंजमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशका गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागिता गराउने निर्णय गरेको हो ।

भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरू समेतको सहभागिता हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *