तुलसीपुर,फागुन १७ । जनता विद्यापिठ क्याम्पस बिजौरीमा नेविसघंको इकाई समिति गठन गरिएको छ । बुधवार सम्पन्न भएको भेलाले उमेश उपाध्यायलाई सभापतिमा चयन गरेको छ ।
समितिको उपसापतिमा सुजन पौडेल,सचिवमा रमेश कुमार भट्राई,कोषाध्यक्षमा बिमला पुरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण गौतम,महेश उपाध्याय,अनिकेत खनाल लगाएत २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
जनता विद्यापिठका इकाई सचिव केशव खनालको अध्यक्षतामा भएको कायृक्रममा नेपाल विद्यार्थी सघं दाङका सभापति कुलराज पोख्रेलले सगंठनको विधि विधान र पद्धतीमा रहेर सगंठनलाई चलायमान बनाउन र आसन्न स्वबियु निर्वाचन नेसवसघंले जित्ने गरि गतिविधिहरुलाई अगाडी बढाउन आग्रह गरे ।
कार्यक्रममा ंनेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हिम बहादुर डाँगीको नविसघं नेपाली कांग्रेसको मेरुदण्ड र कांग्रेस जन्माउने नर्सरीको रहेको बताउँदै हरेक विद्यार्थीहरुको हकहितको सवालमा नेविसघंले आवाज उठाउनुपर्ने बताए ।
त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खड्का,१९ का सभापति पदम वलि, नेविसघं दाङका सदस्य गुरु गौतम,क्षेत्रीय प्रतिनिधि धन डाँगी,नेविसघं नेता हरिश चन्द्र पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण नेविसघंका नेता बिदुर गौतमले गरेका थिए ।