२०८१ बैशाख १३ गते बिहिवार

लुम्बिनीमा – धर्मराउन थाल्यो एमाले नेतृत्वको सरकार

नागरिक उन्मुक्ति र लोसपाले बुधबार समर्थन फिर्ता लिदै

दाङ, फागुन १६ । लुम्बिनीमा दुई साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुले त्यस्तो जानकारी दिएका हुन ।
बुधबारको प्रदेशसभा बैठक मार्फत यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएसंगै अब नेकपा एमाले नेतृत्वको सरकार धर्मराउन थालेको राजनीतिक बृत्तमा चर्चाहरु हुन थालेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले आँफुहरुले बुधबार बस्ने प्रदेशसभा बैठक मार्फत यसअघि आँफुहरुले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताए ।

बर्दिया क्षेत्र नं. १ (२ं) बाट निर्वाचित चौधरीले आँफुहरुले आठ दलिय सल्लाह अनुसार समर्थन फिर्ता लिन थालेको र त्यसबाट एमाले नेतृत्वको सरकारको दिनगन्ती सुरु भइ सकेको बताए ।

लुम्बिनी प्रदेश सभामा यो पार्टीका चार सांसदहरु रहेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले पनि आफ्नो पार्टीले यसअघि नेकपा एमोले नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार नै फिर्ता लिने निर्णय गरेको फोनमा जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा लोसपाका तीन सांसदहरु रहेका छन् ।
लुम्बिनी प्रदेशसभाको फागुन १७ गते दिउँसो १ बजे बस्ने गरि आह्वान गरिएको छ ।

झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको हो । यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।

साना दुई दलले समर्थन फिर्ता लिए संगै नेकपा एमालेका मुख्य मन्त्री लिला गिरी नेतृत्वको सरकार धर्मराउने तर्कहरु हुन थालेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित डिल्लीबहादुर चौधरीलाई भावी मुुख्यमन्त्रीको रुपमा कतिपयले चित्रण गर्न थालेका छन् ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । यो प्रदेशमा नेकपा एमालेका २९ , नेपाली कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका समान ४ ÷ ४ र जनमत पार्टी र जसपाको पनि समान ३ ÷ ३ सांसद रहेका छन् ।

माओबादीबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका तीन मध्य एक जना पुन ः माओबादीमा प्रबेश गरेपनि अझैं दुई जना स्वतन्त्र सांसद रहेका छन् । लुम्बिनीमा सरकार जोगाउन कम्तिमा ४४ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ ।

गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पुस २८ मा शपथ लिएका थिए। जस्ले मुख्यमन्त्री नियुक्तिको ठिक एक महिनापछि मन्त्रिपरिषद विस्तार गरेका थिए ।

मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका पाँच जना, माओवादीका तीन जना, राप्रपा र जनमत पार्टीबाट एक ÷ एक जना मन्त्री छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *