२०८२ जेष्ठ ३० गते शुक्रवार

लुम्बिनी प्रदेशसभा बैठक फागुन १७ गते बस्ने

लुम्बिनी ,फागुन १५ । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।

झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *