२०८१ चैत्र ९ गते शनिवार

राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माबी तुलसीपुरलाई

लक्ष्मण बस्नेत,तुलसीपुर फागुन १४ । दाङ जिल्ला स्तरिय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै गोरखा माबी तुलसीपुरले उपाधि जितेको हो ।

त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा माबी घोराही दोस्रो हुदा बिपि माबी बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धनबहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक बिकास डिभिन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसिको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा सर्वोउत्कृस्ट खेलाडी  एथलेटिक्स छात्र जनप्रीय बोर्डिङ स्कुल बालापुरका सुजल डागी,छात्रा तर्फ गोरखा माबी तुलसिपुरका करुणा रिजाल,भलिबल छात्रामा जयशेर माबिका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्दुका हितेस राम्जाली, कबडीमा रोजि वर्डसका रोषण थापा, छात्रामा गुरुजजुर माबिका बिजया महतरा,कराते छात्र बिपि माबी बयालेका कुमार चपाई, छात्रामा तुलसी आबासिय का मनिसा खड्का, तेक्वान्दो मा छात्रमा गोरखा माबी घोराहिका जस्मिन चौधरी,छात्रामा महेन्द्र माबिका उमा पन्थी घोषित भए ।

बिजेता खेलाडीहरु लाई कार्यक्रमका प्रमुख अतिथी, बिशिस्ट अतिथी, अतिथी लगाएत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकाए लक्ष्मण बस्नेतले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *