२०८२ असार ६ गते शनिवार

राष्ट्रपति निर्वाचन: नेपाली कांग्रेसले रामचन्द्र पाैडेललाई उम्मेदवार बनाउने

काठमाडौँ,फागुन १३ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ।

शनिबार बिहान बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

हिजाे बसेकाे कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेको थियाे।

यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *