२०८१ बैशाख १० गते सोमवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

काठमाडौँ,फागुन ११ । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै आज नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। बैठक आज बिहान ११ बजे बस्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्तागठबन्धनको तर्फबाट एमालेको भागमा परे पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताएपछि दौडधुप बढेको हो।

राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आंकलन गरिएको छ। यता नेपाली कांग्रेसका नेताहरूले कांग्रेसबाटै राष्ट्रपति बन्ने दावी गर्दै आइरहेका छन्।

कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवार बन्ने आंकाक्षीको रूपमा देखिएका छन्।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *