दाङ, फागुन ९ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् ।
दाङको भालुबाङमा मंगलबार पत्रकारहरुसँगको छलफलमा उनले राष्ट्रपति बन्न आफूलाई अझैं आधिकारिक प्रस्ताव नआएको बताएका हुन ।
बजारमा हल्लाहरु धेरै चलेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको बारेमा अझैंसम्म कुनै टुंगोमा नपुगेको जानकारी दिए ।
उनले आँफुले के गर्ने भन्ने सोचि नसकेको बताएका थिए ।
त्यस्तै उनले आफ्नो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरि नसकेको स्पष्ट पारे ।
तर उनले यस पटक राजनीतिक दलहरु संग पदीय शक्ति बाँडबाँफडमा आफ्नो भूमिका महत्ववपूर्ण हुने स्पष्ट पार्न खोजेका थिए ।
नकेपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको कुरा चर्चामा छ नि भन्ने प्रश्नमा उहाँले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने तर्क उनको थियो ।
उनले बाहिर आएका सबै कुराहरु सत्य नभएको बताए ।
त्यस्तै उनले चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको बताएका थिए । अध्यक्ष नेपाल पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका थिए ।