दाङ, फागुन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ ।
मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री परिषद्को जिम्मेवारीमा हेरफेर गरेका हुन ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको हो । कृषि तथा भूमि व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका तुलसीराम शर्मालाई मन्त्री परिषद्को कार्यालयको जिम्मेवारी तोकी जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नव नियुक्त मन्त्री अहिर बाँकेको निर्वाचन क्षेत्र नम्वर २ (१) बाट निर्वाचित हुन ।
यसैबीच नवनियुक्त मन्त्रीको शपथ ग्रहण कार्यक्रम भोलि सोमबार बिहान ११ वजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार