२०८२ असार ४ गते बिहिवार

नेपाली काङग्रेस लमही नगरको प्रथम सम्मेलन

दाङ,फागुन ५ । नेपाली काङ्ग्रेस लमही नगर समितिको प्रथम नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीको प्रमुख आतीथ्यता र अर्का केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको विशिष्ट आतिथ्यतामा नगर सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा बोल्ने वक्ताहरुले स्थानीय प्रदेश र संघीय निर्वाचनको बेलामा टिकट वितरण गर्दादेखि गएको मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला भएको गठबन्धन त्यसबाट प्राप्त मत परिणामका साथै संसदमा ठुलो दल भए पनि सरकार बाहिर बस्नुका कारण र त्यसबाट उत्पन्न परिणामको बिषयमा नेताहरुले खुलेर आआफ्नो धारणा राखेका थिए ।

धारणा राख्ने अधिकाँश नेताहरुले संगठनको मात्र कमी कमजोरी औंल्याएनन् स्वम्को कमीकमजोरीको बारेमा पनि स्वमूल्याङ्कन गर्न आबश्यक रहेको बिचार समेत ब्यक्त गरेका छन् ।

काङ्ग्रेस बलीयो भयो भने मात्र देश बलियो हुने हो , देश बलियो हुनका लागि काङ्ग्रेसका हर कार्यकर्ता बलियो हुन जरुरी रहेको सहभागी बक्ताहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले काङ्ग्रेस बलियो भए र सरकारमा जान सके मात्र लोकतन्त्रलाई बचाउन र संबिधानको रक्षा गर्न सकिने बताए ।

चौधरीले अब भाषण गरेर मात्र हुँदैन अब काङ्ग्रेसले बिगतका कमजोरीहरुलाई सच्चाएर अघि बढ्न नसके देशको राजनीतिक विषयले नयाँ मोड लिने र देशबाट संघीयता र लोकतन्त्र धरापमा पर्न सक्ने गम्भिर खतरा रहेको बिचार ब्यक्त गरे ।

‘बिभिन्न शक्तिहरु लोकतन्त्रको विपक्षमा देखिएका छन् । दुर्गा प्रसाईहरुको महाअभियान यसकै सकेत हो ।’ चौधरीले भने । कम्युनिस्टहरुले देशमा कहिल्यै पनि रोजगारीको अबसर सिर्जना गर्न नसक्ने भन्दै युबालाई रोजगारी र देशको आर्थिक बिकासका लागि काङ्ग्रेसको विकल्प नभएको चौधरीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले बिगतका कमी कमजोरीहरुलाई सच्चाएर अघि बढ्न आवश्यक रहेको बिचार ब्यक्त गरे ।

नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीले पार्टी संगठनको मुख्य लक्ष्य सरकार सञ्चालन गर्न पाउनु हो तर निर्वाचनका बेला छोरा छोरीको आदेशका भरमा अभिभावकले मतको दुरपयोग गर्नु गलत संस्कार भएको र त्यसको सुधार हुन जरुरी रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै ‘भर्खरै जन्मिएको पार्टीको सोच्दै नसोचेको मत परिणाम आउनुलाई के भन्ने, मत बदल्नेलाई के भन्ने त्यो संस्कारबाट माथि उठ्न आबश्यक छ ।’ सभापति डाँगीले भने ।

संगठन बलियो बनाउन शुभेच्छुक संघ संस्थामा मात्र नभई हरेक सामाजिक संघ संस्थामा नेपाली काङ्ग्रेसको सक्रिय सहभागिता हुन सके मात्र संगठन बलियो र मजबुद हुने सभापति डाँगीले बताए ।

चलायमान नरहेको अबस्थामा रहेका भातृ संस्थाहरु चलायमान हुन जरुरी भए जस्तै सामाजिक संघ संस्थाहरुमा पनि काङ्ग्रेसको सहभागिताका खाचो रहेको सभापति डाँगीले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले बिगतमा भएका गल्ती र कमजोरीहरु माथि एकले अर्कालाई दोषारोपण गरेर नभई समाधानका विकल्पहरु खोजेर अगाडि बढ्न सके काङ्ग्रेसको सगठन सुदृढीकरण र बलियो हुने बिश्वास ब्यक्त गरिन ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले काङ्ग्रेसभित्र केही विवाद र असहमति हुनु स्वभाविक रहेको र त्यस्ता असहमतिका विषयहरुलाई आन्तरिक रुपम समाधन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गुटगत स्वार्थ त्यागेर अघि बढ्न सके मात्र काङ्ग्रेस बलियो हुने बताए ।

अर्का वक्ता नेपाली नेपाली काङ्ग्रेसका पूर्व क्षेत्रीय सभापति तथा पूर्व महाधिबेशन प्रतिनिधि बासुदेब जंगलीले पार्टीभित्र परिवारवादको अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय नेतृत्वको परिवारवादी सोच र स्वार्थका कारण नेपाली काङ्ग्रेस निर्वाचनमा पहिलो हैसियत राख्ने दल भएर पनि सरकारबाट बाहिर रहँदा काङ्ग्रेस कार्यकर्तामा निराशा छाएकोले नातावाद र परिवारवादको र गुटगत राजनीति त्यागे मात्र काङ्ग्रेसप्रति जनताको आशा र भरोसा जाग्ने बताए ।

नेपाली काङ्ग्रेसका लमही नगर सभापति सन्तोष बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सुलोचना गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ प्रदेश सभापति श्रीपद चौधरी, क्षेत्र नम्बर १ ख का प्रदेश सभापति दिनेश गिरी लगायतले बोलेका थिए ।

कार्यक्रममा नगर सचिव प्रेम कालोथोकीले वार्षिक र सचिव कैलाश चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा नगर सभापति सन्तोष बुढाथोकीले विभिन्न पाँच बुँदे नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

फ्लोरेन्स अस्पताल लमहीका सञ्चालक पुस्प भुसालले नेपाली काङ्ग्रेस लमही नगरको सिफारिसमा अस्पतालले मासिक पाँच जना बिरामीको प्रति बिरामी दश हजारको दरले निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने घोेषणा गरेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार लिला शाहले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *