२०८१ माघ १० गते बिहिवार

३ कुलपतिले गरे शपथ ग्रहण

काठमाडौं,फागुन ४ । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *