२०८३ बैशाख २ गते बुधवार

राष्ट्रपति दाङ आउने भएपछी बेलझुण्डीमा थालिएको तयारी (फाेटाेफिचर)

तुलसीपुर,फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ आउदै छिन ।

नेपाल संस्कृत विश्वविद्यालय दाङले आयुर्वेद तर्फको बिएएमएस कक्षा संचालनका लागि निर्माण गरेको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी (भोलि) फागुनको ३ गते बेलझुण्डी आउन लागेकी हुन ।

भबन उदघाटनमा रास्ट्रपति आउने भएपछी त्यसको तयारी तीव्र पारिएको मंगलबार नेपाल संस्कृत विश्वविद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

नवनिर्मित भवनको उद्घाटन कोरोना महामारीका कारण रोकिएकाले अहिले सहज अवस्था बनेपछि उनी आउन नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलसचिब माधब अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार २०७२ सालपछि निर्माण गरिएको ३ वटा ब्लक रहेको बिएएमएस कक्षा संचालनका लागि निर्मित भवन औपचारिक उद्घाटन हुन बाँकी रहेकाले राष्ट्रपति भण्डारीको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो ।

सानाठूला सबै गरी १ सय ८ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरुको कोठा पनि रहेका उनले जानकारी दिए ।

२४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपैयाको लागतमा निर्मित भवनको रंगरोगन गरी उदघाटनका लागि सजाउने काम भएको उनको भनाई छ ।

बिएएमएसका लागि सबै वर्षको गरी त्यहाँ २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

साढे पाँच वर्षको पढाई हुने उक्त कक्षाका लागि आवश्यक पूर्वाधार तयार पारिएकाले यसको प्रचारप्रसार गर्न पनि राष्ट्रपतिको उपस्थितीमा उद्घाटन कार्यक्रम आयोजना गरिएको कुलसचिब अधिकारिले बताए ।

राष्ट्रपति भण्डारीले बुधबार  बिहान ११ बजे नबनिर्मित भबनको उदघाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

तस्बिर : फरककोण ।

 

 

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *