२०८१ फाल्गुन ७ गते बुधवार

राष्ट्रिय सभा सदस्य दसौंदीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ,माघ २७ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।

उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा जितेका रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि दाङमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *