२०८१ पुष २९ गते सोमवार

सकियो राष्ट्रियसभा उपनिर्वाचन, एक जना अनुपस्थित

घोराही, माघ २५ । घोराहीमा लुम्बिनीबाट राष्ट्रियसभा सदस्य चुन्न भएको उपनिर्वाचनको मतदान सकिएको छ ।

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । प्रदेशका कुल ३०५ मतदाता मध्य ३०४ मतदाताले मतदान गरेका छन् ।

स्थानीय तह अन्तर्गत रुपन्देही जिल्लाको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह मतदान गर्न आइनन् । उनी बिरामी भएर छिमेकी देश भारतमा गराउन गएको स्रोतले बताएको छ ।

राष्ट्रियसभा सदस्य चुन्न लुम्विनी प्रदेशसभाका ८७ जना सबैले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख २१७ जनापनि मतदानमा सहभागी भए ।

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार प्रतिष्पर्धामा छन् । एमाले र काँग्रेसका उम्मेदवार रोल्पाका हुन ।

निर्वाचन सकिय लगतै कर्मचारी मिलन केन्द्रको हलमा मतगणना सुरु हुने र एक घन्टा भित्रै परिणाम आउने सूचना अधिकारी कँवरले जानकारी दिए ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि बुधबार उपनिर्वाचन भएको हो ।

गठबन्धन अनुसार मतदान भए एमालेका दसौदीको पक्षमा परिणाम आउने संभावना प्रबल देखिएको छ ।

लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । कांग्रेसले ४८ , एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ ÷ २ तथा राप्रपा र जनता प्रगतिशीलले १ ÷ १ पालिका जितेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ÷ ४, जसपा, लोसपा र जनमतले ३ ÷ ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १ ÷ १ सिट जितेका छन् । स्वतन्त्र २ जना सांसद छन् । तीन जनाले जितेको भएपनि एक जना माओबादी केन्द्रमै फर्किएका छन् ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ ।

 

 

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *