२०८१ बैशाख १२ गते बुधवार

घोराहीमा तीन करोड लगानीमा साबुन उद्योग सञ्चालन

घोराही, माघ २० । दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याएका हुन ।

मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ ।

लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याएका हुन ।

शर्माले उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यताका कारण केही समस्या भएको बताए । ‘व्यवसाय राम्रोसँग चल्यो र आम्दानी बढ्दै गयो भने उद्योगलाई विस्तार गर्दै लैजाने सोच रहेको छ,’ उनले भने।

उद्योगले दैनिक करिब एक सय कार्टोन साबुन उत्पादन गर्दै आएको छ । उद्योगमा अहिले नौ जनाले रोजगारी पाएका छन् ।

अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन भइरहे पनि आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगका सञ्चालक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *