२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा सवारी दुर्घटनाबाट ६ महिनामा २५ जनाले ज्यान गुमाए

दाङ,माघ २० ।  दाङमा चालू आर्थिक बर्षको हालसम्म २५ जनाले अकालमै ज्यान गुमाएका छन । आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनामा जिल्लामा ६५ सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् ।

ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्र्याक्टर सात जीप तथा कार चार रहेका छन् ।

त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।

गएको आर्थिक वर्ष २०७८/८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ ।

आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् ।

यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । सडक वारपार गर्नेका लागि पैदल यात्रुलाई सचेतना कार्यक्रम गरेको छ ।

चालकका लागि निःशुल्क जाँच, बजारमा जेब्राक्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दुर्घटना घटनुका कारण अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्थाका कारण, यान्त्रिक गढबढी मुख्य रहेको ट्राफिक प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरण मल्लले तीव्र गतिमा गाडी चलाउन, सवारीसाधन चुस्तदुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायतका कारणले दुर्घटना बढेको र नियन्त्रण गर्नेका लागि आफू गम्भीररुपमा लागि रहेको जानकारी दिए ।

सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताए ।

झन्डै डेढ करोड राजस्व संकलन 

यसैबीच ट्राफिक प्रहरी कार्यालयले चालु आवको साउनदेखि यही माघ १८ गतेसम्म अर्थात् साढे सात महिनाको अवधिमा ट्राफिक नियम पालना नगर्ने २१ हजार नौसय ५० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

उक्त सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ४४ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन् ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *