तुलसीपुर,माघ १५ । अभिभाबकत्व कला कार्यक्रम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक कमल सिलवालले
सम्पत्तिले सन्तान बन्दै नबन्ने बताएका छन।
डिभाईन एजुकेसन फाउन्डेसन अन्तरगत डिभाईन टेम्पल एकाडेमी, डिभाईन मन्टेश्वरी र परोपकार पाठशालाले आयोजना गरेको अभिभाबकत्व कला कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक कमल सिलवालले सम्पत्तिले मात्रै सन्तान बन्ने भए हुने खानका सन्तान रिहाव सेन्टरनमा नहुनु पर्ने तर्क गरेका हुन ।
सम्पत्तिले सन्तान बनेको एउटा पनि उदाहरण नेपालमा नरहेको भन्दै सिलवालले केही प्रतिशत संगतले कुतलमा फसेपनि अधिकाँस फस्नुको कारण संस्कार नहुनुलाई मान्नुपर्ने उनले औंल्याए ।
त्यो संस्कार पाठशाला, शिक्षक भन्दा अभिभावकको काख, घरको आँगन र आमाको संगतले मिल्ने उनले तर्क गरे।
यस कार्यक्रममा ७०० बढी अभिभावक, ७० बधाई शिक्षक र दर्जन प्रीन्सिपलहरुको उपस्थिती रहेको थियो।
बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय सदस्य भिम बहादुर बुढाथोकी, जिल्ला कोषाध्यक्ष हरि प्रसाद भण्डारी, नगर उपाध्यक्ष लोकेन्द्र खड्का, शिक्षक गणेश अधिकारी, हिमाल कंडेल, दिपेन्द्र भट्टराई, गायत्रा गौतम, लगायतले मन्तव्य राखेका थिए।