दाङ, माघ ५ । माघ महिनाको कठ्यांग्रिदो चिसोमा पनि चारलेनको चर्चा गरमागरम छ । जताततै चारलेनको चर्चा । चोकचौताराभरी चारलेनलाइ निर्माण कम्पनीले बलात्कार गर्दै फरार भएको प्रशंग सुन्न थालिएको छ । तर चारलेनमा चमत्कार ल्याउने कुनै सरकार नआएको नागरीकहरुको गुनासो छ ।
कम्तिमा ७ मिटर कालोपत्रे सडक पनि अहिले रहन सकेन । दुवै किनाराबाट फाट्दै अहिले मस्कीलले ३ मिटरमा खुम्चिएको छ । झरीमा पानी ओतलाग्ने सडक किनाराका प्रतिक्षालयहरु भत्काइएका छन् । गर्मिमा बस कुदा सितल लिने रुखहरु काटिएका छन् ।
सडक किनाराका धरापमा परेका विद्युतका पोलहरु ढल्ने प्रतिक्षामा छन् । तर चारलेन सडक निर्माणको जिम्मा लिएको भारतको मुम्वै स्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फा्र प्रोजेक्ट प्रालिले पेटि ठेकेदार फेरेको फेर्यै छ ।
सरकारबाट विना सर्त ४ पटक म्याद थापाएको पनि छ । तर काम गराउने सरकार निर्लज्ज भएर म्याद थप गरेको गर्यौ छ ।
२८ दशमलव १९ किमि सडकको स्तरोन्नती गर्नकालागी नेपाल सरकार सडक विभाग माताहतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट माताहतमा काम हुने गरी घोराहीको कुइरेपानी देखि तुलसीपुरको हात्तिखौवा सम्म कतै चारलेन त कतै दुइलेन बनाउने गरी निर्माण सम्झौता भएको चार बर्ष नाघि सकेको छ ।
सुरुमा ३३ महिनामा काम सक्ने गरी परीयोजनासंग निर्माण सम्झौता भएको होे । सुरुको संझौता भएको सन २०१९ जनवरी २८ मा । तर तीन पटक म्याद थप गर्दा पनि अहिले सम्म सडक स्तरोन्नतीको कामको भौतिक प्रगति जम्मा ९ प्रतिसत मात्रै छ ।
दाङ जिल्लाकै निर्माण व्यवसायीबाट सुरु भएको पेटि ठेक्काको काम अव फेरी पनि पछिल्लो समयमा दाङकै निर्माण व्यवसायीमा आउन थालेको छ ।
तथ्य इन्जिनियरीङका प्रोपाइटर प्रविण ब्रम्हदेव पाण्डेले आरआइपिको हेड क्वाटर बबरमहलमा यसै साता पत्र पठाएर पछिल्लो समयमा बनाएका प्रतिनिधि श्रेष्ठ कन्सट्रक्शनका सन्चालक रोशन श्रेष्ठ आफुनो आधिकारीक प्रतिनिधिवाट हटाइएको जानकारी गराएको चारलेन परीयोजनाका आधिकारीक कन्सल्टेन्ट इश्वर अमागाइले बताएका छन् ।
परीयोजना कार्यालयमा तथ्यले पठाएको पत्रमा श्रेष्ठलाइ प्रतिनिधिबाट हटाएर अव बुटवलका निर्माण व्यवसायी शुनिलजंग रायमाझीलाइ नियुक्त गरेको पत्र पठाएको जानकारी गराएको छ ।
शुनिल रायमाझि संगै कार्यालयमा बलिभद्र राना पनि सहजीकरणकाालगी पुगेको पनि परीयोजना कार्यालयले बताएको छ ।
तथ्यले सुरुमा यहिकै अनुप पाण्डे, जनक डांगी र जविन रानालाइ आधिकारीक प्रतिनिधिका रुपमा खटाएको थियो ।
उनीहरुबाट काम हुन नसके पछि तथ्य इन्जिनियरीङकै प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डे दाङमै आएर भिग्रेली होटलको दक्षिण तर्फको चौरमा त्रिपाल टागी मन्च बनाएरै त्यहि बाट यी तिनै जनालाइ हटाएर नयां प्रतिनिधि एकेन्द्र खड्कालाइ नियुक्त गरेको पत्र परीयोजना कार्यालयमा तथ्यले पठायो ।
एकेन्द्र बाट पनि काम सुन्य प्राय भएपछि विजय पाठकलाइ नियुक्त गरेको उद्घोष गरे । अनि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी प्रमुख शुरेश काफ्ले, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघका दाङ अध्यक्ष दुर्गालाल केसी सहितका पत्रकारहरुका सामु अवको एक बर्षमा सडक स्तरोन्नतीको काम सक्ने उद्घोष पनि गरेका थिए ।
त्यो वेला प्रमुख जिल्ला अधिकारी सरुवा भएर यहां आएको केहि महिना मात्रै भएको थियो । तर वाह्र महिना मात्र होइन, धेरै महिना विते काम हुन सकेको छैन ।
विजय पाठक प्रतिनिधि भैरहेका वेला नेपाल सरकार परीयोजना कार्यालयले ठेक्का रद्धको सुचना निकालेपछि तथ्य इन्जिनियरीङले श्रेष्ठ कन्सट्रक्शनका सन्चालक रोशन श्रेष्ठलाइ प्रतिनिधिक रुपमा नियुक्त गरेको जानकारी दियो । तर श्रेष्ठ कन्सट्रक्शन पनि विवादकै भुमरीमा रुमल्लियो ।
‘डुवेको धरौटिक उकास्न मात्रै श्रेष्ठ कन्सट्रक्शन आएको हो, यसबाट काम हुने कुनै पनि सम्भावना मैले देख्दैन’, तीन महिना अघिकै एउटा सार्वजनिक कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भनेका थिए ।
त्यो वेला पनि निर्माण कम्पनीका प्रतिनिधिले पैसानै नभएकाले काम हुन नसकेको बताएर लाचार जवाफ दिएका थिए ।
एक महिना अन्तिम पटक हेरौंःपरीयोजना प्रमुख ढकाल
यसैबीच रोड इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यालय ववरमहल काठमाण्डौले घोराही—तुलसीपुर सडक परीयोजनामा तथ्यले नियुक्त गरेका नयां प्रतिनिधिले काम गर्ने जनाएको छ ।
मन्त्रालय, सचिव, सडक विभाग लगायतका अधिकारीहरुको सल्लाह वमोजिम फेरी एक महिना नयां प्रतिनिधिबाट हुने कामको प्रगति हेरेर अघि बढ्ने परीयोजनाका प्रमुख इन्जिनियर चडाराज ढकालले गोरक्षलाइ टेलिफोनमा बताएका छन् ।
‘पुर्व अर्थ मन्त्री समेतको सिफारीस लिएर तथ्यले खटाएका प्रतिनिधि शुनिलजी परीयोजना कार्यालय आएर काम गर्ने अठोट गर्नुभएको छ, एक महिना काम गर्न दिएर प्रगति हेरौं भन्ने निर्णय भएको छ’, परीयोजना प्रमुख ढकालले भने ।
एक साता पहिले आएर काम गर्नका लागी आवस्यक तयारी गर्न केहि दिन लाग्ने र माघ पहिलो सातादेखिनै सडकमा काम सुरु गर्ने तीप्रतिनिधिले बताएको पनि परीयोजना प्रमुख ढकालले बताएका छन् ।
ठेक्का तोड्ने निर्णयमा परीयोजना कार्यालय पुगिसकेको भएपनि त्यो त्यति सहज छैन । ठेक्कामा अहिले सम्म आधिकारीक कम्पनीको कुनै श्रोत साधन डुवेको छैन । जति डुवेको छ, सवै नेपालका पेटि प्रतिनिधिहरुकै हो । तथ्य इन्जिनियरीङ आफै आएर एक महिना पनि काम गरेको छैन ।
यदि सो कम्पनीलाइ कालो सुचिमा राखेर ठेक्का तोडेको अवस्थामा फेरी अर्को ठेक्का खोल्नकालागी भारत सरकारले श्रोत सुनिश्चितता गरीदिनु पर्दछ । तर अर्को ठेक्का सुनिश्चित गरीदिन भारतीय पक्षले मौनता साधेको छ ।
यसकालागी सरकारको उच्च तहबाटै समन्वय हुनुपर्ने पनि परीयोजनाका अधिकारीहरुले बताएका छन् ।
यो ठेक्का तोडिसकेर अर्को ठेक्काकालागी भारत सरकारले अनुदान रकम सुनिश्चित गरेन भने यो सडकको स्तरोन्नतीको काम अरु दश बर्ष सम्म रोकिन सक्ने पनि सडक सम्वद्ध अधिकारीहरुले बताएका छनु ।
महासंघको पहल मात्रै होः निर्माण व्यवसायी राना
यसै प्रशंगमा निर्माण यहांका स्थानिय निर्माण व्यवसायी एवं निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेश अध्यक्ष वलीभद्र रानाले चारलेन सडक स्तरोन्नतीकालागी निर्माण व्यवसायी महासंघले अर्थपुर्ण पहल गर्ने बताएका छन् ।
‘म तथ्य इन्जिनियरीङको प्रतिनिधि बनेर काममा आउने होइन, काम गर्ने वातावरण मिलाउन महासंघको तर्फबाट पहल गर्ने मध्यस्त कर्ता मात्रै हो’, प्रदेश अध्यक्ष रानाले भने । विहिवार निर्माण व्यवसायी महासंघ र भारतको मुम्वै स्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्टका आधिकारीक प्रतिनिधि तथा नेपालमा उसले खटाएका प्रतिनिधि बीच यो विषयमा त्रिपक्षिय छलफल हुने पनि अध्यक्ष रानाले बताएका छन् ।
बन्ला सुनिल प्रयास र वलिको संयोजनले घोराही—तुलसीपुर चारलेन…..।