२०८१ जेष्ठ १५ गते मङ्गलवार

मेयर कपमा वडा १० सेमिफाइनलमा

घोराही,पुस ३०। स्ट्राइकर मनु न्यौपानेको एक गोलले प्रेरित वडा नम्बर १० पाँचौं संस्करणको मेयर कप फुटबल २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

घोराही उपमहानगरपालिकामा जारी वडास्तरीय मेयर कप फुटबलमा शनिबार बिहान भएको पहिलो क्वाटरफाइनलमा वडा नम्बर २ लाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा खेल शुरु भएको ५२ मिनेटमै वडा नम्बर १० का स्ट्राइकर मनु न्यौपानेले गरेको गोल नै निर्णायक बन्यो ।

डि बक्समा आएको बललाई दायाँ रोकेर प्रहार गरेको बल बायाँ बार च्याप्दै गोल पोष्ट चुमेको थियो । योसँगै वडा नम्बर १० जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टीम बनेको छ ।

अब वडा नम्बर १० ले सेमिफाइनलमा माघ ४ गते वडा नम्बर १४ र १८ बिचको खेलको विजेतासँग खेल्नेछ । यसअघि चौथो संस्करणमा वडा नम्बर २ सँग भएको खेलमा वडा नम्बर १० पराजित हुँदै बाहिरिएको थियो ।

अघिल्लो संस्करणमा ३–१ गोलको हारको बदला लिँदै वडा नम्बर १० ले सेमिफाइनल यात्रा तय गरेको छ ।

त्यस्तै, शनिवार दिउँसो सेमिफाईनल प्रवेशका लागि वडा नम्बर १४ र १८ बिच खेल निधारित समयमा गोलरहित बराबरीमा सकिएको छ । खेल समयमा दुवै टीमबाट गोल हुन नसकेपछि खेलको नतिजा टाई ब्रेकरबाट निकाल्न खोजिएपछि वडा नम्बर १८ का टीम व्यवस्थापकले नमानेपछि खेलको नतिजा आउन सकेको छैन ।

यद्यपि, खेलको नतिजा टाईब्रेकरबाट निकाल्ने भन्दै वडा नम्बर १४ र १८ का कप्तानले टस गरिसकेका थिए ।

घोराही उपमहानगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले फिफाको नियम अनुसार खेल हुनुपर्ने बताउँदै शनिबार भएको दोश्रो क्वाटर फाईनलको नतिजाका लागि अब माघ ३ गतेको समय दिईएको बताए ।

‘खेलको नियम अनुसार अघि बढउन भनेका छौँ, फुटबलमा फिफाको नियमले जे भन्छ त्यही गर्नुस् भनेका छौँ’, संयोजक पाण्डेयले भने, ‘अब माघी पर्व लागेको छ, यी दुई वडाको खेलको नतिजा माघ ३ गते निस्कनेछ ।’

नियम अनुसार माघ ३ गते अतिरिक्त समय निर्धारण गरेर वडा नम्बर १४ र १८ बीच खेल खेलाईने छ ।

क्वाटर फाईनलपछिका खेलहरु निकै महत्वपूर्ण मानिएकाले फिफाको नियम अनुसार निर्धारित समयसम्म नतिजा नआए अतिरिक्त ३० मिनेट खेलाउने गरिएको छ ।

सो समयमा पनि नतिजा आउन नसकेको अवस्थामा खेलको नतिजा टाईब्रेकरबाट निकाल्ने गरिएको छ ।

क्वाटरफाइनलमा वडा नम्बर २, ६, १०, १३, १४,१५, १७ र १८ प्रवेश गरेका थिए । पुस २० गतेबाट शुरु भएको मेयर कपमा पालिकाभरका १९ वटै वडाको सहभागिता रहेको छ ।

सेनिफाईनल खेल माघ ४ गते र फाईनल खेल माघ ५ गते हुनेछ । मेयर कपमा अहिलेसम्म वडा नम्बर १

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *