२०८१ जेष्ठ ८ गते मङ्गलवार

सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी तिब्र

तुलसीपुर,पुस ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित माबि कालाखोलामा यहि पुस १४ गते देखि सञ्चालन हुन लागेको ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ को तयारी तिब्र पारिएको छ । तुलसीपुर उपमहानगर भित्रका बिभिन्न ८ वटा बिद्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय को संयुक्त आयोजना तथा टिच फर नेपालको प्राविधिक सहयोगमा एकदिने सुनाखरी तुलसीपुर सिकाई मेला सञ्चालन हुन लागेको हो ।

जसअन्तरर्गत सिकाई मेलामा तुलसीपुर उपमहानगरपालिका भित्रका सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्री सक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योती माबि तुहिरनियापुर रहेको माबि कालाखोलाका प्रधानाध्यापक राजिब ओझाले बताए ।

उनका अनुसार मेलामा नगरभित्रका बिभिन्न आठ बिद्यालयका बिद्यार्थीले आफुले गरेका परियोजना कार्य समेट्ने र बिद्यार्थीहरुलाई ब्यबहारिक सिकाई सिकाउने,बिद्यार्थी र शिक्षकलाई बिद्यालय भित्र तथा बाहिर शिक्षण सिकाई गर्दा आबश्यक पर्ने ब्यबहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्य रहेको छ ।

मेलामा शिक्षण सिकाइका बारेमा नृत्य,गीत,कविताका साथै स्वस्छ खाना,चित्रकला,खेलका स्टलहरु राखिने बताइएको छ । मेलाका विषयमा सोमबार तुलसीपुर उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख टीकाराम खड्काले सिकाई मेला २०७५ सालमा समेत आयोजना गरिएको र केही वर्ष कोभिड संक्रमणका कारण आयोजना गर्न समस्या आएकोले नगरिएको बताए । उनले अब प्रत्येक वर्ष विद्यालयहरुमा सिकाइ मेला आयोजना गरिने बताए । मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीहरु २० वटा स्टल रहने छन् भने अन्य २० वटा स्टलमा पेशागत सहायक सामग्रीका रहने बताइएको छ ।

उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने बताइएको छ । मेलामा अन्य छिमेकी पालिकाका विद्यालयहरुलाई समेत आमन्त्रण गरिएको छ । करिब पाँच हजार बढी विद्यार्थीले सिकाइ मेलाको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा शिक्षाविद् एवम सांसद शिशिर खनाल, शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षण सिकाइका विषयमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलनमा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले गरेकी थिइन । साथै पुस १४ गते बिहान साढे आठ बजे मावि कालाखोलामा सञ्चालन हुन थालेको सुनाखरी तुलसीपुर सिकाई मेलामा उपस्थितीका लागि सबैमा आग्रह समेत गरिएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *