२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर महोत्सवमा आज गायिका एलिना चौहान आउदै

तुलसीपुर,पुस ९ । तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको १४ औं दिन आज गायिका एलिना चौहान आउदै छिन ।

आज गायिका चौहानसंगै गायक तथा मोडल रोशन सिंह, लोकदोहरी गायक तथा उद्घोषक दिपक खड्का,गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।

आगामी मङ्सिर २५ गते देखि जारी महोत्सव पुस ११ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *