२०८१ असोज २४ गते बिहिवार

क्रिक्रेट मैदान निर्माणको लागि रकम अभाव हुदैन : पुर्व मन्त्री सेर्पाइली

शिवु खनाल,
देउखुरी, फाुगन २८ गते । पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीलले लमहीको क्रिक्रेट मैदान निर्माणको लागि रकम अभाव नहुने बताएका छन । लमही क्रिक्रेट मैदानलाई स्थानीय समुदाय र नगरविकासले महत्वका साथ लिएर सकृयता देखाएको भन्दै संघीय सरकारबाट पूर्ण सहयोग गर्न आफुले पहल गर्ने बताए । देउखुरी क्रिक्रेट क्लवले लमहीको निर्माणधिन क्रिक्रेट मैदानमा आयोजना गरेको छलफल कार्यक्रममा पूर्व मन्त्री सेपाइलीलले लमहीमा निर्माण भइरहेको क्रिक्रेट मैदानमा क्रिक्रेट क्लव र नगरवकिास समितिको भूमिका प्रशशा योग्य रहेको बताए ।

यहाँहरुले यति काम गर्नुभएको छ, यो धेरै सकरात्मक काम हो, लमहीको क्रिक्रेट मैदानले पुर्णता पाउँछ,यहाँहरु ढुक्क हुनुस सेर्पाइलीलले भने । लमही क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलले क्रिक्रेट मैदान निर्माणको लागि सरकारी .तर्फबाट पूर्ण सहयोग नपाएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । हाम्रो क्रिक्रेट मैदानको लागि सरकारी क्षेत्रबाट हुनुपर्ने जति सहयोग भएको छैन,यहाँले पहल गरिदिनु प¥यो पौडेलले भने । लमही क्रिक्रेट क्लवलले पुर्वमन्त्री सेर्पाइलीलाई लमही क्रिक्रेट मैदानको पूर्णता दिन आवश्यक पर्ने औजार र बजेटको व्यवस्था गर्न आग्रह सहितको ज्ञापन पत्र बुझाएको छ ।

२०५८ बाट लमही नगरविकास समितिले लमही क्रिक्रेट मैदान निर्माण कार्यको थालनी गरेको थियो । नगरविकास समितिले क्रिक्रेट मैदान निर्माणको लागि हाल सम्म साडे चार करोड रुपियाँ खर्च गसिकेको छ । यस्तै सरकारी तबरबाट ६० लाख खर्च भएको छ । लमही नगर विकास समितिले तत्कालिन अवस्थामा त्रक्रिेट मैदान निर्माणको लागि २६ करोड आवश्यक पर्ने स्टेमेट तयार पारेको जानकारी दिदै नगरविकास समितिका इन्जिनियर तुलसी अर्यालले अहिलेको महङगी अनुसार अझै २५ करोड रकम आवश्यक पर्ने बताए । प्यारापिट,शौचालय, पानीको व्यवस्था पर्खाल लगायतको काम गर्न बाँकी रहेकोले सरकारी तबरबाट पुर्ण सहयोग भए लमहीको क्रिक्रेट मैदानले छिट्टै पुर्णता पाउने खेल प्रेमीहरु बताउँछन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *