तुलसीपुर,पुस ७ । दाङको तुलसीपुरमा जारी महोत्सबमा आज गायक प्रमोद खरेल आउँदै छन ।
प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवको १२औँ दिन आज बिहीबार गायक प्रमोद खरेल,गायीका टिका सानु र स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने सांस्कृतिक संयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।
गत मंसिर २५ गते देखि सञ्चालनमा आएको महोत्सव पुस ९ गतेसम्म चल्ने छ ।
प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार