
तुलसीपुर,पुस ६ ।दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी महोत्सबको एघारौ दिनमा आज गायक बद्री पंगेनी लगाएतका कलाकारको प्रस्तुती रहने भएको छ ।
गत मंसिर २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज एघारौ दिन गायिका पंगेनीसहित डान्सर तथा मोडल अञ्जली अधिकारी, गायिका टिका सानु, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक सहसंयोजक प्रेमविवश घर्तीले जानकारी दिए ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार