तुलसीपुर,पुस ५ । तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा दिनदिनै दर्शकको संख्या बढ्दै गएको छ ।
महोत्सवमा सोमवार मात्रै १२ हजार बढी दर्शकले मेला अवलोकन गरेको थिए ।
यस्तै महोत्सवमा आज चर्चित गायीका रचना रिमाल, गायक सन्दीप न्यौपाने लगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य युथ्स अफ तुलसीपुरले आयोजना गरेको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार