२०८२ माघ २७ गते मङ्गलवार

हिरासतमै श्रीमतिले श्रीमानलाई ब्राउन सुगर लगेर गएपछि …

तुलसीपुर, मंसिर २६ । प्रहरी हिरासतमै श्रीमानलाई श्रीमतिले ब्राउन सुगर पु¥याउने खोज्दा पक्राउ परेकी छन ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ बर्षीय लागुऔषधसहित पक्राउ परेका थिए । केही दिन पहिले पक्राउ परेका उनलाई श्रीमति २६ बर्षीया शान्ती खड्का घर्तीले लुकाएर ब्राउन सुगर दिन खोज्दा पक्राउ परेकी हुन ।

श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनलाई पनि प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

फलफूल दिन पुगेकी उनले केरा भित्र पाँच पुरिया ब्राउन सुगर लगेर गएको फेला परेपछि पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

शान्तीले श्रीमानलाई हिरासत भित्रै लगिदिएको ब्राउन सुगरको तौलगर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले बताए ।

शान्तिलाई लागुऔषध सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *