२०८२ जेष्ठ ११ गते शुक्रवार

न्यायीक समिति र सेवा प्रदायकहरुलाई पुनर्ताजगी तालिम

तुलसीपुर,मंसिर २५ । लैगिंक समानता,प्रभावित केन्द्रित अवधारणा र सुरक्षित सम्प्रेषण सम्बन्धी न्यायीक समिति लगाएतका सेवा प्रदायकहरुलाई पुनर्ताजगी तालिम भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० को आयोजना तथा ओरेक दाङको सहकार्यमा एक दिने पुनर्ताजगी तालिम भएको हो ।

त्यस अवसरमा बोल्ने सहभागिहरुले हिंसा प्रभावितहरुलाई छिटो र छरितो रुपमा न्याय सम्पादनका लागि पालिकाहरुसगैं प्रत्येक वडा–वडामा पनि न्यायीक समिति गठन गरिनुपर्ने माग गरेका छन ।

त्यस अवसरमा ओरेक नेपालका केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक सुलोचना खनालले लैगिंतामा आधारित हिंसाको अवधारणा प्रस्तुत गर्दै नेपालमा अझैपनि ७० प्रतिशत महिलाहरु घरेलु र यौन हिंसामा पर्ने गरेको बताइन ।

उनका अनुसार ५० प्रतिशत बालबालिकाहरुले १५ वर्ष भन्दा कम उमेरमै बिहे गरि हिंसामा पर्ने गरेको पाइएको छ ।

संयोजक खनालले वितेको आर्थिक वर्षमा ओरेकले गरेको सर्वेक्षणमा नेपालभर १८ सय बढी हिंसाका घटनाहरु घटेको तथ्याङ्क छ । जसमा ६५ प्रतिशत महिलाले घरेलु र यौन हिंसा खेपिरहनु परेको छ ।

उनका अनुसार ति तथ्याङक हेर्दा ९० प्रतिशत घटना पुरुषबाटै हुने गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का कार्यबहाक अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ओरेक दाङका संयोजक इश्वरी थापाले यौन तथा घरेलु हिंसामा परेका पिडितहरुलाई पुर्नस्थापना हुने भन्दै स्थानीय पालिका यसबारे गम्भिर हुनुपर्ने बताउइन ।

ओरेक दाङका कार्यक्रम संयोजक कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सजहीकरण वडा नं. १० का सचिव कर्ण बहादुर हमालले गरेका थिए ।

कार्यक्रममा दाङका १० वटै पालिकाका न्यायीक समितिका संयोजक,सदस्यहरु,मेलमिलापकर्ता लगाएत सेवा प्रदायकहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *