२०८२ असार ७ गते आइतवार

प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव भोलिदेखि शुरु हुने

तुलसीपुर , मंसिर २४। दाङको तुलसीपुरमा भोलि देखि शुरु हुने प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापनार्थ संचालन हुन लागेको महोत्सव भोलिदेखि शुरु हुन लागेको हो ।

महोत्सव संचालनका लागि स्टल व्यवस्थापन, स्टेज तयारी, प्रचारप्रसार लगायतका काम पुरा भएको महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिए ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले गर्ने भएका छन ।

भोलिदेखि शुरु हुने महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन हुने भएको छ ।

महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको छ भने २५ लाख बचत गरेर पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *