आदिसअबाबा, फागुन २६। केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्सको बिमान दुर्घटना भएको छ। विमानका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टी गरे पनि विमानमा सवार १४९ यात्रु र चालक दलका ८ सदस्यको बारेमा केही बताएनन्। उनले क्षतिको विवरण आइनसकेको जनाए।
इथोपियन प्रधानमन्त्री कार्यलयका अनुसार आइतबार बिहान नैरबीका लागि नियमित उडान भरेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो।
उक्त एयरबसमा सवार यात्रुहरूको अवस्थाबारे केही जानकारी नभएको प्रवक्ताले जनाएको समाचार संस्था एपीले जनाएको छ । एजेन्सी
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार