काठमाडौं, मंसिर २० । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा पार्टी प्रवेश गरेका छन ।
प्रदेशका मन्त्री समेत रहेका उनी पहिले र यसपटक स्वतन्त्र रुपमा निर्विरोध निर्वाचित भएका थिए ।
सोमबार अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन ।
अघिल्लो कार्यकालमा पनि मनाङे स्वतन्त्र सांसद थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
