२०८२ बैशाख ११ गते बुधवार

प्रदेशसभातर्फ १११ सिट कांग्रेसले जित्दा एमाले ९१ मा रोकियो

काठमाण्डौ ,मंसिर १९ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर नेपाली कांग्रेस पहिलो भएको छ । त्यस्तै ९१ सिट जितेर एमाले दोस्रो दल बनेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र ५५ सिट जित्दै तेस्रो बन्दा नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टी ७, हाम्रो नेपाली पार्टीले र नेमकिपा १-१ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् । प्रदेशको समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा संख्या एकीन हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *